मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहेको प्रधानमन्त्री देउवाको भनाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  :  प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहेको बताउनुभएको छ ।
शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको १३औं पुण्य तिथिमा शुक्रबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संस्कृतिको संरक्षण र बिकास गर्दै समृद्धिलाई अघि बढाउनुपर्ने बताउनुभयो । उहाले मुलुकको संस्कृति जगर्नेमा स्वर्गीय जोशीले गर्नुभएको योगदान राष्ट्रको सम्पती भएकाले सरकारले यसको उचित संरक्षण गर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री देउवाले भाषा, संस्कृतिको रक्षाका लागि जोशीले खेल्नुभएको भूमिकाको चर्चा गर्दै जोशी सच्चा देशभक्त भएको बताउनुभयो ।
कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जोशीकोे अन्तिम इच्छा ‘चक्रसंवर’ को पौभाः चित्रलाई पुरा गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यस्तै उहाले सत्यमोहन लोकसंस्कृति संग्रहालयलाई संरक्षण गर्न पनि सरकार तयार रहेको धारणा राख्नुभयो । नेपाल सम्वतलाई आम व्यवहारमा प्रयोगमा ल्याउनका लागि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनुभयो

कार्यक्रममा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा राखिएको जोशीको शालिकमा माल्यार्पण गरिएको थियो भने पाटन दरबार स्क्वायरदेखि जोशीको निवाससम्म पदयात्रा गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्