आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने

खबर बुक
  • ख-
  • ख+

 

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ ।

आज ट्रफीलाई सगरमाथा र गोक्यो पुर्याइने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो ।

क्यानका अनुसार ट्रफी आजै भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिने छ ।

आजै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा समेत ट्रफी पुर्याइनेछ ।

टी–ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्