इरानमा पाँच दिनको राष्ट्रिय शोक

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ ।

इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रायसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो ।

राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गरेका छन् । खामेनीले संविधानको धारा १३१ बमोजिम मोख्बरलाई यो जिम्मेवारी दिइएको बताए । मोहम्मद मोख्बरले ५० दिनभित्र राष्ट्रपति चुनावको तयारीका लागि न्यायिक प्रमुखहरूसँग काम गर्नुपर्नेछ ।

संविधानअनुसार इरानमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्नेछ । तर यसका लागि सर्वोच्च नेता खामेनीको स्वीकृतिको आवश्यकता हुन्छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्