चुनाव प्रचारका लागि बनाइएका समितिहरूमा जनप्रतिनिधिहरू सक्रिय

खबर बुक
  • ख-
  • ख+

निर्वाचन आउन अब २५ दिन मात्रै बाँकी छ ।

चाडपर्वको समयमा समेत उम्मेदवार र राजनीतिक दलका नेता कार्यकर्ता घरदैलो अभियानमा व्यस्त छन् भने चुनाव प्रचारका लागि विभिन्न समिति बनाइएका छन् । त्यसरी बनाइने समितिमा निर्वाचन आचारसंहिता विपरित वर्तमान जनप्रतिनिधिलाई पनि जिम्मेवारी दिएको पाइएको छ । निर्वाचन आचारसंहिताले निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न हुन बन्देज गरेको छ ।

तर, धेरै ठाउँमा वडाअध्यक्षदेखि पालिका अध्यक्ष उपाध्यक्षसम्मलाई आफू निर्वाचित पालिकासमेतलाई कार्यक्षेत्र हुनेगरि पालिकास्तरीय, प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटीको जिम्मेवारी तोकिएको पाईएको हो । निर्वाचन आयोगले भने यस्तो काम आचारसंहिता विपरित हुने बताएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले आचारसंहिता पालना गर्न अनुरोध गर्नुभयो । आयोगले, निर्वाचन आचारसंहिता विपरीत कुनै काम भएको पाइएमा उजुरी गर्न पनि आग्रह गरेको छ । आचारसंहिता विपरितका काम भएको जानकारी पाउनासाथ टेलिफोन, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सकिने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्