प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ९ कात्तिक।।नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

बिहीबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्