छुटेको जसपा एमाले-माओवादी गठबन्धनमा रहने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २३ । जनता समाजवादी पार्टी ९जसपा० नेपाल फुटेको छ । कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले(माओवादी गठबन्धनलाई साथ दिने भएको छ ।

आज मात्रै पार्टी विभाजन गरेर आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले विधानविपरीत नेतृत्व चलेकाले आफूहरू छुट्टिएको बताउनुभयो ।

यस्तै पार्टीका वरिष्ठ नेता अशोक कुमार राई आफ्नो पक्षमा बहुमत भएको दाबीसहित निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि पुगेका छन् ।

नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको राईनिकट स्रोतले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्