शाही इन्टरनेसनल म्युजिक अवार्डबाट सम्मानित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २० । लोक दाहोरी र देउडा गायन क्षेत्रमा आफ्नो टुट्टै पकड जमाउँदै गरेकी गायिका सपना शाही इन्टरनेसनल म्युजिक अवार्डबाट सम्मानित भएकी छन् ।

भारतको चण्डीगढमा प्रवासी साझा मञ्चले गरेको विशेष सांगीतिक कार्यक्रममा शाहीलाई भारती इन्टरनेसनल अवार्डबाट सम्मान गरिएको हो । लोक गीतलाई आफ्नो कर्म बनाएकी शाहीले देउडा विधालाई पनि कर्मकै रूपमा निरन्तरता दिँदै आएको अवस्थामा उनलाई देउडा गीत विधातर्फको यो अवार्डबाट सम्मान गरिएको हो ।

नेमबहादुर शाहीको शब्द र धिरेन्द्र शाहीको लय रहेको तीन चुलीका अग्ला शिर बोलको गीतमा स्वर दिएकी शाहीलाई यसै देउडा गीतले अवार्ड दिलाउन सफल भएको हो ।

सम्मान पत्र ग्रहण पछि गायिका शाहीले अन्तर्राष्ट्रिय स्तरमा पाएको अवार्डले आफूलाई गायन क्षेत्रमा थप जिम्मेवार भएर कर्मलाई निरन्तरता दिन अभिप्रेरित गरेको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्