नुवाकोटमा आगलागी, दुई करोड रुपैयाँभन्दा बढीको क्षति

  • ख-
  • ख+

काठमाडौं  :  नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा आइतवार लागेको आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

आगलागीबाट तीन वटा घर र घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिए ।

उनको अनुसार सत्तरीको डिल भन्ने ठाउँमा विजय थापाको फेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलमा समेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका छन् ।

राति करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो ।

आगो लागेका तीन घरमा क्षति पुगे पनि ती घरसँगै जोडिएका अन्य घरलाई सुरक्षित बनाउन सकिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्