महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले काठमाडौंमा ‘काठमाडौँ पिंक केयरएथन’ आयोजना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख ८ । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले काठमाडौंमा ‘काठमाडौँ पिंक केयरएथन’ आयोजना गरिएको छ ।

लेजर पोर्ट नेपाल प्रालि र नेपाल प्रहरी श्रीमती संघको आयोजनामा भएको पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दुरी तय गरिएको थियो भने बिजेताहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्ने उदेश्यका साथ पिंक केयरएथन आयोजना गरिएको आयोजकले जनाएको छ ।

काठमाडौँ पिंक केयरएथनको यस संस्करणलाई भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले संचालन गरेका थिए भने काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल समेत सहभागी हुनुभएको थियो ।

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौँ पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र अन्य सामाजिक आर्थिक कारणले रोकिएको इभेन्टलाई यस वर्ष पुनरागमन गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्