वेदान्तका ज्ञाता एवं प्राध्यापक शिवगोपाल रिसाललाई पाणिनी पुरस्कार प्रदान

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ५ वैशाख । विश्व हिन्दु महासङ्घले वेदान्तका ज्ञाता एवं प्राध्यापक शिवगोपाल रिसाललाई पाणिनी पुरस्कार प्रदान गरेको छ ।

महासङ्घको ४४औँ स्थापना दिवसका बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा सांसद पशुपतिशम्शेर जबराले रिसाललाई रु २५ हजार राशिको पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो । त्यस अवसरमा ५० हजार राशिको ‘भरतकेशर सिंह विश्व हिन्दु अन्तर्राष्ट्रिय’ पुरस्कार महन्थ सुरेन्द्रनाथ अवधूतलाई प्रदान गरियो ।

कार्यक्रममा नीना भेटुवाल, सोभित उप्रेती र लक्ष्मण सापकोटालाई ‘विश्व हिन्दु सेवा रत्न’ सम्मान प्रदान गरियो । रामनवमीका अवसरमा आयोजित उक्त कार्यक्रममा जैन, शिख, बौद्ध धर्म गुरुले स्वस्ति वाचन गर्नाका साथै मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको तस्बिरमा माल्यार्पण गरेका थिए । त्यस्तै कार्यक्रममा धम नामक स्मारिकको विमोचन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्