सत्ता गठबन्धनको भेला वीरेन्द्रनगरमा

खबर बुक
  • ख-
  • ख+

सत्तारुढ गठबन्धनले आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेला गर्दैछ । भेलामा गठबन्धनका शीर्ष नेताहरुको उपस्थिती रहने नेताहरूले बताएका छन् ।

दिउँसो २ बजेबाट सुरु हुने भेलामा प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसहित अन्य शीर्षस्थ नेताहरुको उपस्थिति रहने नेपाली काँग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले बताउनुभयो ।

उहाँका अनुसार भेलामा कर्णालीका प्रत्येक जिल्लाबाट उम्मेदवार तथा प्रत्येक दलबाट निश्चित नेताहरुको सहभागिता रहनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्