काँग्रेसको सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिमा सदस्यहरू मनोनीत

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ५

मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार–प्रसार समितिका सदस्य विद्यादेवी तिमिल्सिनाको संयोजकत्वमा गठित उपसमितिमा प्रदेश संयोजक र सदस्यहरू मनोनयन गरिएका काँग्रेसले जनाएको छ ।

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले सातै प्रदेशमा संयोजक र ३ सय ८६ सदस्य मनोनयन गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्