सत्ता स्वार्थका लागि गठबन्धन दलहरु देशपनि बेच्न तयार रहेको एमाले अध्यक्ष ओलीको आरोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि गठबन्धन दलहरु देशपनि बेच्न तयार रहेको आरोप लगाउनुभएको छ ।

शनिबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले मंगलबजारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रीत रहेको भन्दै सत्ता स्वार्थका लागि देशपनि बेच्न तयार रहेको आरोप लगाउनुभएको हो । उहाले गठबन्धनले चूनाव जित्नका लागि पैसाको खोलो नै बगाएको बताउनुभयो । जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने लगाएतका षडयन्त्र भइरहेको भन्दै ओलीले देशलाई भिडन्ततर्फ लाने षडयन्त्रलाई विफल बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाले वर्तमान सरकारका कारण मुलुकमा महङ्गी, भ्रष्टाचार, अनियमितता बढेको आरोप लगाउनुभयो । अहिले लाखौ रुपैया लिएर भूटानी शरणार्थीलाई परिचय पत्र दिएर विदेश उडाउने धन्दा सरकारले चलाइरहेको उहाले बताउनुभयो । ओलीले गठबन्धन सरकारकै कारण मुलुकको न्यायलय सेटिङको अखडामा परिणत भएको जिकिर गर्नुभयो । प्रधान न्यायाधीशलाई न्यायलय प्रवेश गर्न नदिने न्यायाधीशहरुले हडताल गर्ने लगाएतका तमाशा देखिनु दुर्भाग्य भएको उहाले बताउनुभयो । त्यस्तै ओलीले अव एमालेभित्र कुनैपनि प्रकारको गुठबन्दी हुन नदिने स्पष्ट पार्नुभयो । पार्टीमा योगदान नै नभएकाहरुले पद नपाएकै कारण एमाले छाडेर बिरोधमा उत्रिएको देखिएको उहाको भनाई छ ।

उहाले अहिले देश बनाउने संकल्पका साथ एमाले अघि बढेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष ओलीले बिभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्