सत्ता गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान बेच्न लागेकाे एमाले अध्यक्ष ओलीको आराेप

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ५ कात्तिक

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंश–अंशमा बेच्ने ठोकुवा गरेका छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले सत्ता गठबन्धनको यस्तो काम रोक्न सबै नेपाली सजग बन्नु पर्ने बताए ।

‘सत्ता गठबन्नधन सत्तास्वार्थका लागि देश बेच्न पनि तयार हुन्छ । सिंगै देश तरकारी फलफुल जसरी बजारमा तौलिएर बेच्न त नसक्लान् तर यिनीहरूले अंश–अंशमा बेच्छन्, ओलीले भने, ‘त्यसैले देशलाई बेचिनबाट जोगाउन हरेक नेपाली सजग र सकृय हुन जरुरी छ ।’

कार्यक्रममा उनले सरकारले देशमा महंगी, भ्रष्ट्रचार बढाएको आरोप पनि लगाए । उनले कामचलाउ हैसितयमा पुगिसकेपछि पनि अध्यादेशमार्फत कानुन ल्याएर तनाव बढाउने, चुनावमा धाँदली गर्नेतर्फ यो सरकारको ध्यान केन्द्रित रहेको उनको भनाइ छ ।

ओलीले सरकार आफैंले भुटानी शरणार्थीको नाम दिएर सर्वसाधारणलाई अमेरिका पु¥याउने धन्दा चलाएको, बिमा कम्पनीहरूको लाइसेन्स खोलेर चुनावी खर्च उठाउने तयारी गरिरहेको आरोप पनि लगाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्