१५ दिनपछि खुल्याे नाग्म–गमगढी राजमार्ग

न्युज कारखाना
  • ख-
  • ख+

जुम्ला, ५ कात्तिक । नाग्म–गमगढी राजमार्ग सञ्चालनमा आएकाे  छ । १९ असाेजदेखिकाे अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म–गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको  हो ।

सडक डिभिजन कार्यालय जुम्लाले नाग्म–गमगडि राजमार्ग खुलेकाे जनाएकाे छ ।  कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको  उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेकाे हाे । नाग्म-गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबै भन्दा बढी पहिरो गएको थियो ।

ईन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पञ्छाएपछि सडक खुलेको हाे । उनले नाग्म-गमगढी राजमार्गको ९३ किलोमिटरमा एक सय ५० वटा पहिरो पञ्छाएको बताए ।

हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा  र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा खसेको पहिरो पनि पञ्छाइएको छ । पहिरो पञ्छाएपछि मोटरसाईकलहरू सहजै ओहाेरदाेहाेर गर्न थालेका छन् भने साँघुरो स्थानमा थप मर्मत गरे गाडी चलाउने तयारी भइरहेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्