आचारसंहिता पालना गर्दै घरदैलो गर्न उम्मेदवारहरूलाई निर्वाचन आयोगको निर्देशन

खबर बुक
  • ख-
  • ख+

निर्वाचन आउन २९ दिन बाँकी रहँदा निर्वाचन आयोग र राजनीतिक दलहरू तयारीमा तीव्र्र रुपमा लागेका छन् ।

निर्वाचन आयोगले आचारसंहिता अनुसार कात्तिक १८ अघि प्रचारप्रसारको लागि ठूला चुनावी सभा नगर्न सचेत गराएपछि उम्मेदवारहरू हाल घरदैलो अभियानमा जुटिरहेका छन् ।

दलको तर्फबाट उम्मेदवार बनेका तथा स्वतन्त्र उम्मेदवारहरू पनि आ–आफ्नो एजेण्डासहित नागरिकको घरदैलोमा पुगिरहेका छन् ।

आयोगले भेलाहरू नगर्न आग्रह गरिरहेको भए पनि राजनीतिक दलले मानिसहरूका बीचमा चुनावी कार्यक्रम गर्ने क्रम चलिरहेको छ ।

आयोगले भने यस्ता खालका चुनावी भेलाहरू कात्तिक १८ अघि नगर्न सचेत गराएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले कुनै पनि सभाका लागि मिती, समय र स्थान तोकेर, धेरै मानिसलाई जम्मा गरेर औपचारिक कार्यक्रम गरेको पाइए आयोगले स्पष्टीकरण सोध्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्