मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने एमाले अध्यक्ष ओलीको दावी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दावी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई बिकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अवको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दावी गर्नुभएको हो ।

उहाले चुनावपछि बन्ने एमाले सरकारले रेल भन्दा छिटो विकासले गति लिने बताउनुभयो । उहाले वर्तमान गठबन्धन सरकार काम गर्नका लागि नबनेको समेत धारणा राख्नुभयो । ओलीले आफ्नो काम जनताको माया गर्ने र बिकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने जिकिर गर्नुभयो । उहाले अरुजस्तो फ्रि भिया फ्रि टिकट भनेर एमाले कहिल्यै नहिडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने बाचा गरेको बताउनुभयो । अहिले जनतालाइ अल्मल्याउने नभई देशको बिकास गर्ने बेला भएको उहाको भनाई छ ।

उहाले आगामी निर्वाचनमा एमालेलाई बहुमत आउने गरि तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्