अहिलेसम्म ४८ लाखभन्दा बढी बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ चैत । अहिलेसम्म ४८ लाखभन्दा बढी बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सरकारले सञ्चालन गरेको अभियानमा कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये अहिलेसम्म करिब ४८ लाख ८१ हजार ५४४ ले खोप लगाएका हुन् । 

देशभर ८५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

देशभरका ती बालबालिकामध्ये ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोपमा लगाइँदै छ । 

देशव्यापीरुपमा दादुरा–रुबेला खोप अभियान गत फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म जारी रहने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्