कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

खबर बुक
  • ख-
  • ख+

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्डले गएको जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

प्राविधिक कठिनाइ नभए आज बेलुकासम्म नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको र अहिले नतिजाको अन्तिम रुजु गर्ने काम चलिरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

नतिजा सार्वजनिक गर्नुअघि दिउँसो तीन बजे बोर्ड बैठक बस्नेछ । कक्षा १२ को परीक्षामा यसवर्ष झन्डै चार लाख विद्यार्थी सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्