सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

खबर बुक
  • ख-
  • ख+

सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरकी ३० वर्षीया धनी पुन र ७० वर्षीया कमला पुनको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका–१० नयाँ गाउँ नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते भएका सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्