नेकपा एसका उम्मेदवार गुरुङको मुद्दामा आज सुनुवाइ हुने

खबर बुक
  • ख-
  • ख+

नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने÷नगर्नेबारे आज सुनुवाइ हुने भएको छ ।

दुई न्यायाधीशको इजलासमा पेसी तोकिने सर्वोच्च प्रशासनले जनाएको छ । उक्त इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे उहाँ रुपन्देही–२ मा उम्मेदवार हुन पाउनुहुनेछ ।

अन्यथा उहाँको उम्मेदवारी खारेज सदर हुने छ । यसअघि दुवै पक्षलाई कात्तिक २ गते छलफलमा बोलाएर अल्पकालीन आदेश जारी गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्