एनसेलको साधारण सभा कात्तिक २५ मा

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २ कात्तिक।।एनसेल आजियाटा लिमिटेडले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।  सभामा कम्पनीले आर्थिक वर्ष २०७८-७९ को लाभांश प्रस्ताव पेश गर्नेछ ।  कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन ।

साथै, सभामा आर्थिक वर्ष २०७८-७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ऋणका विषयमा पनि छलफल गर्ने एजेन्डा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्