कला, सम्पदा र संस्कृतिहरूको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको उर्जामन्त्री भुसालको दावी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक १

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरूको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको बताउनुभएको छ ।

मंगलवार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धनका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको हो । उहाँले पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सो अनुरुपको नीति र कार्यक्रम बनाउन आफू प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

त्यस्तै गरी गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका नेता उदय शमशेर राणाले देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउनको निम्ति वाम–लोकतान्त्रिक गठबन्धनले दुई तिहाई मत ल्याउनुपर्ने बताउनुभयो । उहाँले मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने र देशको आर्थिक अवस्थामा सुधार ल्याई बेरोजगार युवाहरुलाई रोजगारी दिने लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा ललितपुर क्षेत्र नं. २ का गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णलाल महर्जनले प्रतिगमनकारीहरुलाई परास्त गर्नका लागि आफैंलाई उम्मेदवार ठानेर निर्वाचनको काममा लाग्न नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्