जसपाका चुनावी घोषणा पत्र जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौै, ३१ असोज ।  जनता समाजवादी पार्टी (जसपा) ले दुई वर्षभित्र देशलाई खाद्य पदार्थहरूमा आत्मनिर्भर बनाउने भन्दै चुनावी घोषणापत्र जारी गरेको छ ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आज जसपाले आफ्नो घोषणा पत्र अर्थात प्रतिवद्धतापत्रमा जारी गरेको हो ।

प्रतिवद्धतापत्रमा हाल मूल्य अभिवृद्धि कर (भ्याट)मा जान नपर्ने गरी काम भएको स्थायी लेखा नम्बर (प्यान)मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट ५० लाख रूपैयाँ पु¥याउने उल्लेख छ । यस्तै आगामी पाँच वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने प्रतिवद्धता पनि जसपाले जनाएको छ । जसपाले बेरोजगार भत्ताको व्यवस्था गर्ने समेत घोषणा गरेको छ ।

जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार र धार्मिक पर्यटनको व्यवस्था गर्ने सहित सयौं आर्थिक तथा वित्तीय सुधारका योजना पनि सार्वजनिक भएका छन् ।

जसपाले आर्थिक विकास मुलुकको सबैभन्दा टड्कारो आवश्यकता भएको भन्दै पार्टीले सन् २०१५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भइसकेपछि आर्थिक अवस्था परिवर्तन नै राजनीतिको मुख्य गन्तव्य हुन पुगेको उल्लेख गरेको छ । निर्यात भन्दा १० गुणा बढी आयात भइरहेको परिप्रेक्ष्यमा तुलनात्मक लाभ भएका उद्योगको क्षेत्रमा लगानी बढाउन राष्ट्रिय उद्योगीहरूलाई प्रोत्साहन दिने, देशको स्रोत साधनमा आधारित निकासीको अभिवृद्धि गरी बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्ने, कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थीर पूँजीको रूपमा विकास गर्ने, प्रति व्यक्ति आय ५ हजार डलर पु¥याउने समेत घोषणा गरेको छ ।

यस्तै ५ वर्षभित्र निरपेक्ष गरिवीको रेखामुनी रहेका जनतालाई गरिबीबाट मुक्त गर्ने र बहुआयामिक गरिबीको अनुपातलाई एकल अङ्कमै सीमित गर्ने समेत जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्