
काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षा र कार्यान्वयनका लागि सत्ता गठबन्धनलाई मतदान गर्न आग्रह गर्नु भएकाे छ ।
काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता सिंहले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत प्रतिबद्धतापत्र सार्वजनिक गर्दै आसन्न निर्वाचनले संविधानका उपलब्धिहरूको रक्षा र कार्यान्वयनका लागि सत्ता गठबन्धन दलको जित महत्त्वपूर्ण हुने बताउनु भएकाे हाे । साथै, उहाँले रुख चिह्नमा भोट हालेर सहयोग गर्न आग्रह पनि गर्नु भयाे ।
नेता सिंहले आफू काठमाडौंबाट निर्वाचित भएर नेपाल सरकारको उपप्रधानमन्त्रीसम्म बनेको भन्दै त्यसमार्फत कांग्रेसले क्षेत्र नं. १ का जनतालाई गरेको सम्मानको रुपमा बुझ्नुपर्ने बताउनु भयाे ।
नेता सिंहले राजनीति सम्भावनाको खेल रहेको बताउनु हुदै भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने र नसक्ने सम्भावना उत्तिकै रहेको उल्लेख गर्नु भयाे ।
यस्तो छ प्रतिबद्धतापत्र: