वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर पठाउने गरेको खुलासा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ३ । वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर पठाउने गरेको खुलेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधी पसलमा रहेका औषधीहरु पनि बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो । अस्पतालभित्र रहेका दुईवटा औषधी पसलले अधिकांश औषधी नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएको स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा वीरका फार्मेसीमा नभएको भनिएको औषधी स्टोरमा रहेको पाइएको थियो । स्वास्थ्य मन्त्री बस्नेतले १५ दिनभित्र वीर भित्रको फार्मेसी विस्तार गरि सवै प्रकारका औषधी राख्न निर्देशन दिनुभएको थियो । त्यस्तै अनुगमन टोलीले अस्पतालबाहिरको दुईवटा औषधी पसलको अनुगमन गर्दा मापदण्ड बिपरित पाइएपछि सिल गर्न निर्देशन दिएको छ ।

अस्पतालबाहिरको उपकार सेवा फामेर्सी र सत्यम फार्मेसीमा म्याद सकिएका औषधि राखेको, महङ्गोमा औषधी बिक्रिबितरण गरेको, स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिनुभयो ।

उहाले औषधी पसललाई सुधार गर्न निरन्तर अनुगमन गरिने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्