सामाजिक सञ्जालबाट चुनावी प्रचार बढाउँदै उम्मेदवारहरू

खबर बुक
  • ख-
  • ख+

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फतको प्रचारलाईलाई तीव्रता दिएका छन् ।

आआफ्नो निर्वाचन क्षेत्रको घरदैलो तथा सभासमारोहमा सहभागी हुनेक्रम नरोकिए पनि सामाजिक सञ्जालबाट मतदातासम्म पुग्ने अभियान गत वैशाखको अन्तिममा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यसपाली बढ्ने देखिएको छ ।

फेसबुक, टिकटक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा उम्मेदवारहरूले आफ्नो एजेण्डा प्रस्तुत गर्ने, आफूलाई भोट दिन अनुरोध गर्ने तथा भोट माग्न कता जान लागेको भन्ने बारेमा जानकारी दिन थालेका विभिन्न सामग्री देख्न सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्