ल्वांगलाई मुखमा राख्दा हुने ७ फाइदा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २१ माघ  ।  ल्वांग लगभग सबैको भान्सामा हुने चीजमै पर्दछ ।

जसलाई खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसलाई चिया मसालासँगै खानामा पनि प्रयोग गरिन्छ ।

ल्वांगमा एन्टीभाइरल, एन्टीमाइक्रोबियल तथा एन्टीअक्सीडेन्ट गुणहरु पाइन्छन् । यसलाई अन्य प्रयोगसँगै रातमा मुखमा च्यापेर सुत्दा पनि फाइदा हुन्छन् ।

आउनुहोस, जानौं ती फाइदाका बारेमा ।

१. ल्वांगमा पाइने तत्वले मुखबाट निस्कने दुर्गन्धलाई कम गर्छ । यसलाई तपाईं दिनको समयमा वा रातको समयमा मुखमा च्याप्न सक्नुहुन्छ ।

२. जाडोमा चिसोको कारणले कफ हुने समस्या अत्यधिक हुन्छ त्यसैले तपाईं यसलाई मुखमा च्यापेर सुत्नुभयो भने रातमा खोकी लाग्दैन जसले गर्दा तपाईंको निद्रा खल्बलिँदैन ।

३. यदि चिसोले नाक बगिरहेको छ भने पनि तपाईं ल्वांग चबाउन सक्नुहुन्छ । रातमा सुत्नुअघि मुखमा ल्वांग राखेर सुत्दा नाक बग्ने समस्या पनि कम हुन्छ ।

४. यदी दाँत दुखिरहेको छ भने पनि तपाईं ल्वांग चबाउन सक्नुहुन्छ । रातमा सुत्नुअघि दुखेको दाँतनेर ल्वांग राख्नुहोस् र सुत्नुहोस् ।

५. यदी मुखमा घाउ भइरहेको छ भने पनि ल्वांग मुखमा राख्न सकिन्छ । यसले मुखमा भएका घाउहरुबाट आराम दिन्छ ।

६. तपाईंलाई पाचन सम्बन्धी कुनै समस्या भइरहेको छ भने पनि सुत्ने बेला ल्वांग चबाएर खान सक्नुहुन्छ । यसले पाचन प्रणालीलाई राम्रो बनाउँछ ।

७. ल्वांगमा हुने तत्वले तनावमा आराम दिन्छ, टाउको दुखेको निको हुन्छ साथमा यसले निद्रा राम्रो बनाउँछ । यस्ता समस्यामा पनि तपाईं सुत्नुअघि ल्वांग मुखमा राख्न सक्नुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्