पुरुष भलिबलमा पुलिस क्लब अपराजित रहँदै , क्वाटरफाईनलमा प्रवेश

खबर बुक
  • ख-
  • ख+

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै समूह बिजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

आज पोखरा रंगशालास्थित कोर्टमा भएको खेल पुलिसले ३–० को सोझो सेटमा जितेको हो । पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–८ ले जितेको थियो ।

तेस्रो सेट २५–२१ ले जित हात पारेर पुलिसले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । यस समूहबाट क्वाटरफाईनल पुग्ने अर्को टोलीको टुङ्गो भने आईतबार हुने लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको खेल पछि लाग्ने छ । त्यस्तै पुरुष भलिबलमा विभागिय टोली नेपाल एपीएफले विजयी सुरुआत गरेको छ ।

एनआरएनए स्पोर्टस एकेडेमीको भलिबल टिमलाई आज पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–१५ले जितेको थियो । तेस्रो सेट २५–१३ ले जित हात पारेर एपीएफले सहज जित हात पारेको हो ।

त्यस्तै आज नै भएको पुरुष भलिबलमा विभागिय टोली त्रिभुबन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । प्रदेश नम्बर एकको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा आर्मीले ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–१९ ले जितेको थियो । तेस्रो सेट २५–२३ ले जित हात पारेर आर्मीले सहज जित हात पारेको हो ।

सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्