
काठमाडौं, २९ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले एमालेले गरेका कामलाई अरु दलले आफुले गरेको भनेर प्रचार गररहेको बताउनुभएको छ ।
आज काठमाडौंमा काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा भट्टराईले झुटको खेतीको गरेर मत बटुल्ने काम नगर्न सुझाव पनि दिनुभयो ।
काठमाडौंको कमलपोखरी बनाउन रोक्न सक्रिय हुनेहरुले नै एमालेले बनाएको कमलपोखरीलाई देखाएर मत बटुल्ने प्रयास भएको उहाको भनाई छ । उहाले काठमाडौं ४ मा एमालेबाहेक अरु असैले बिकास गर्न नसकेको दावी गर्नुभयो ।
उहाले जनसहभागीतालाई बढाएर अपुरा कामलाई पुरा गर्ने बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाबाट राष्ट्रिय रुपमा जनतामाझ पुगेर मुलुकको बिकास गर्नुपर्ने उहाको भनाई छ ।