नेपालबाट मनसुन बाहिरिन थाल्यो, एउटा प्रदेश मात्रै बाकी

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २९ असोज । नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ ।

२२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो । यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ ।

नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ ।
सरदरमा २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिने हुन्छ । तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्