आगामी निर्वाचनका लागि नेपाली काँग्रेसको घोषणापत्र तयार

खबर बुक
  • ख-
  • ख+

नेपाली काँग्रेसले आर्थिक सुशासनलाई जोड दिएर आउँदो चुनावका लागि घोषणापत्र तयार पारेको छ ।

हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेताहरूले दिएको सुझावलाई समेटेर आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिएर घोषणापत्रलाई अन्तिम रुप दिने निर्णय गरेको हो ।

बैठकमा घोषणापत्रमा समेट्ने विषयबारे नेताहरूले दिएको सुझावलाई समेटेर एक साताभित्र सार्वजनिक गर्ने लेखन समितिका प्रवक्ता समेत रहनुभएका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।

काँग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको थियो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहितका नेताहरूले सुझावहरु दिएका थिए ।

तिनै सुझावलाई समेटेर घोषणापत्रलाई अन्तिम रुप दिने काँग्रेसले तयारी गरेको हो । आगामी ५ वर्षमा देशलाई कहाँ पु¥याउने भन्ने रोडम्याप अर्थात् मार्गचित्र ल्याउने काँग्रेसले जनाएको छ ।

नेताहरूले संविधानको रक्षा र नेपाली जनताको सुरक्षा, आर्थिक विकास र समुन्नत नेपाल निर्माण, सीमान्तकृत समुदायको आयको सुनिश्चितता, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभुति, समान पहिचान र प्रतिनिधित्वको व्यवस्था, युवाहरूलाई आकर्षण हुने खालको घोषणापत्र बनाउन सुझाव दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्