नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: फेन्सिङमा आर्मी ५ स्वर्णसहित टिम च्याम्पियन

खबर बुक
  • ख-
  • ख+

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा आर्मी ५ स्वर्णसहित टिम च्याम्पियन बनेको छ ।

शुक्रबार पोखरा रंगशालामा पुरुष ईपी टिम इभेन्टमा एपीएफलाई पराजित गर्दै आर्मीले स्वर्ण जितेसँगै फेन्सिङमा च्याम्पियन बनेको हो ।

ईपी फाइनलको विभागीय प्रतिस्पर्धामा आर्मीले सशस्त्रलाई ४५–२८ स्कोरमा पराजित ग¥यो । वाग्मती र गण्डकीले कांस्य पदकमा चित्त बुझाएका छन् । फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए । आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक प्राप्त गरेको छ । बागमतिले ४ स्वर्ण, ३ रजत १ कास्यसहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

शसस्त्र प्रहरी २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ । त्यसैगरी गण्डकी प्रदेशले ४ कास्य पदक जित्दै पाँचौ स्थानमा छ भने प्रदेश १ ले ३ तीन कास्य पदक प्राप्त गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्