बिमाका बिरामीलाई ओपिडीमा ५० र  र इमर्जेन्सीमा १०० मात्र लाग्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ माघ ।  स्वास्थ्य बिमा बोर्डले सेवाप्रदायक संस्थाका स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क घटाएको छ।

बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी बिमामा आबद्ध बिमितलाई स्वास्थ्य बिमा अन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा एकसय रुपैयाँ शुल्क निर्धारण गरेको हो।

यसअघि बोर्डले ओपिडीमा दुई सय र इमर्जेन्सीमा चार सय रुपैयाँ शुल्क तोकेको थियो।

बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले ओपिडी र इमर्जेन्सी शुल्क तोकी बिमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको हो। निर्धारण गरिएको  यसै अनुसारको शुल्क लागू गर्न बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनुरोधसमेत गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्