एसईई परीक्षा चैत दोस्रो साता, नतिजा असार तेस्रो साता भित्र सार्वजनिक हुने

खबर बुक
  • ख-
  • ख+

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो सातादेखि सञ्चालन हुने भएको छ ।

जिल्ला, प्रदेश र परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा परीक्षा लिने भए पनि नजिता प्रकाशन भने परीक्षा नियन्त्रण कार्यालयले गर्नेछ ।

एसईईको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने कार्यतालिका छ । पूरक परीक्षा भने २०८० को साउन अन्तिम साता हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्