आजदेखि तीन दिनको मौसम सफा रहने

खबर बुक
  • ख-
  • ख+

आजदेखि तीन दिनको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको अवधि सकिन लागेसँगै तराईका केही जिल्लामा अहिले हुस्सु लागिरहेको छ । हुस्सु विस्तारै हट्दै घाम लाग्न सुरु हुने मौसमविद्हरूले बताएका छन् ।

आज, भोलि र पर्सि तीन दिनकै मौसम सामान्यतयता सफा रहने अनुमान गरिएको छ । तर मनसुनी प्रणाली कायमै रहेकाले पहाडी क्षेत्रका केही ठाउँमा भने हल्का वर्षाको सम्भावना छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्