युरोपको ४७ प्रतिशत क्षेत्र खडेरीका कारण खतराको स्थितिमा

खबर बुक
  • ख-
  • ख+

युरोपका १४ वटा देश अहिले खडेरीको चेपटामा फसेको छ । युरोपमा ५ सय वर्षयताकै खराब खडेरी लागेको बिबिसिले लेखेको छ ।

युरोपका देश जर्मनी, नेदरल्यान्ड्स, स्पेन, इटाली, पोर्चुगल, फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग, रोमानिया, हङ्गेरी, उत्तरी साइबेरिया, युक्रेन, मोल्डोभा, आयरल्यान्ड सबैभन्दा धेरै खडेरीको मारमा परेका छन् ।

यी देशमा नदी र पानीका स्रोत सुक्न थालेको र समुद्रमा पनि खडेरीका कारण पानीको मात्रा घटेको युरोपेली सङ्ंघको संयुक्त अनुसन्धान केन्द्रको प्रतिवेदनले औँल्याएको छ ।

१ महिना लगाएर तयार पारिएको खडेरीसम्बन्धी प्रविदेनमा युरोपको ४७ प्रतिशत क्षेत्र खडेरीका कारण खतराको स्थितिमा पुगेको र माटोमा आर्द्रताको मात्रा एकदमै कम रहेको उल्लेख छ ।

युरोपमा ३ सातायता पानीको अभाव भएपछि मानिस बसाई सर्न थालेको त्यहाका सथानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्