
काठमाडौं, २७ असोज । लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति लिभरपुलले रेन्जर्सलाई ७–१ गोल अन्तरले हराएको हो ।
जितसँगै लिभरपुलले ४ खेलमा ९ अङ्क जोडेको छ । समूह ए को लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
रेन्जर्स अङ्क विहिन रहँदै पुछारमा रहेको छ । त्यस्तै अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानसँग ३–३ गोलको बराबरी खेलेको छ ।
महत्वपूर्ण खेलमा बराबरी खेलेपछि बार्सिलोनाको अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ ।
राती नै भएका अरु खेलमा एट्लेटिको म्याड्रिड र क्लब बर्ग गोल रहित बराबरी खेल्दा, नेपोलीले अजाक्सलाई ४–२ गोल अन्तरले हराएको छ ।
त्यस्तै बार्यन म्युनिख, टोटन ह्याम हर्सपर, मार्सेली र एफसी पोर्टो पनि आ–आफ्नो खेलमा विजयी भएका छन् ।