काठमाडौं : निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि चुनाव चिह्न प्रदान गरेको छ ।
बुधबार देशभरका सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये केहिले बुधबार उमेदवारी फिर्ता दिएका थिए । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै चूनाव चिन्ह प्रदान गरिएको काठमाडौंका प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।
राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका उम्मेदवारले मात्र सम्बन्धित दलको चूनाव चिन्ह पाएका छन् । अन्य उम्मेदवारलाई भने निर्वाचन आयोगले चूनाव चिह्नहरुको समूहमध्येबाट चिन्ह प्रदान गरिएको छ ।