स्वास्थ्य बिमामा एउटै रोगको लागि पुन जाँचका गर्न पुर्जीको आवश्यकता नपर्ने

खबर बुक
  • ख-
  • ख+

१४ पुस, काठमाडौं । स्वास्थ्य बिमामा एउटै रोगको लागि पुन जाँचका गर्न पुर्जीको आवश्यकता नपर्ने भएकाे छ ।

बिमा बोर्डको शुक्रबार बसेको बैठकले  स्वास्थ्य बिमा कार्यक्रममा प्रेषण सेवासम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको कार्यविधिअनुसार अबदेखि एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुन जाँचका लागि पुन: प्रेषण पुर्जीको आवश्यक नपर्ने  भएको हो। यसअघि एकपटक उपचार गरेर पुन: अर्कोपटक जाँदा प्रेषण पुर्जीको आवश्यक पर्ने अवस्था रहेको थियो। 

यस्तै, आकस्मिक सेवाका लागि प्रेषण पुर्जीको आवश्यक नपर्ने, सेवाग्राहीलाई प्रेषण गर्दा त्यस ठाउँमा सेवाको उपलब्ध भएको सुनिश्चित गर्नुपर्ने, स्वास्थ्य बिमा नियमावली २०७५ को नियम (२० (२) सँग सम्बन्धित अनुसूची ९ बमोजिमको प्रेषण पुर्जा अनुसारको विववरण भरी पेस गर्नुपर्ने, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा उपलब्ध सेवाको व्यक्ति विशेषको मागको आधारमा रिफरल अन रिक्वेष्टलाई बिमा व्यवस्थापन सूचना प्रणालीबाट अस्वीकृत गर्ने र सो बापतको भुक्तानीसमेत नहुने लगायतका व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्