सुना सुबेदीद्वारापशुपंछी औषधी ब्यवसायी संघको उपाध्यक्ष पदमा उम्मेदबारी घोषणा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० मंसिर । नेपाल पशुपंछी औषधी ब्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष सुना सुबेदी बडालले संघको आसन्न १४ औ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष (आयात) पदमा आफ्नो उम्मेदबारी घोषणा गरेकी छिन् ।

बर्तमान केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष समेत रहेकी बडालले संघको आगामि महाधिबेशनमा उपाध्यक्ष (आयात) पदमा आफ्नो उम्मेदबारी घोषणा गरेकी हुन ।

आफ्नो उम्मेदबारी घोषणा गर्नु हुदै बडालले संघको केन्द्रिय कार्यसमितिमा रहेर काम गर्दाका अनुभब र आफ्नो कार्य कुशलताको प्रयोग गर्दै संघलाई थप गतिशिल बनाउदै ब्यबसायिक हकहितको संरक्षणमा लागि पर्ने बताइन । 

ब्यबसायीहरुका हरेक प्रकारका समस्याहरु समाघान गर्नुका साथै ब्यबसायिक हकहितका बिषयमा आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्दै बडालले संघलाई एउटा नया उचाईमा लाने आफु संग ठोस कार्ययोजना रहेको बताइन । 

नेपालको पशुपंक्षी औषधी ब्यबसायको क्षेत्रको अग्रणी संस्थाको रुपमा परिचित कान्तिपुर भेट डिस्ट्र्रीब्युटर्स प्रा. लि.का संचालक समेत रहेकी बडालसंग नेपालको पशुपंक्षी औषधी ब्यबसाय सम्बन्धी लामो अनुभब समेत रहेको छ।

नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवनमा हुन गैरहेको छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्