२ महिनादेखि बेपत्ता युवतीको शव फेला

खबर बुक
  • ख-
  • ख+

बैतडी, २२ मंसिर ।  दुई महिनादेखि बेपत्ता रहेकी बैतडीको सुर्नया गाउँपालिका-८ घर भएकी २० वर्षीया कल्पना महराको शव भेटिएको छ।

घरबाट गोठालो गएकी कल्पना गएको असोज २५ गतेदेखि बेपत्ता रहेकी थिइन्।

कल्पनाको शव सुर्नया-८ स्थित कैलपाल सामुदायिक वनभित्रको जंगलमा फेला परेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। 

खर्सुको रुखमा झुण्डिएको अवस्थामा कल्पनाको शव फेला परेको हो। यसअघि विभिन्न ठाउँमा उनको खोजी गरिएको थियो। खोजी गर्दै जाँदा घना जंगलको बीचमा स्थानीयहरुले कल्पनाको शव फेला पारेका थिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्