हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

हुम्ला,असोज २४ ।
हुम्लाको चङ्खेली ६ मेल्छाममा पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । गएराति खाना खाइरहेको समयमा पहिरो झर्दा ४ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

५५ वर्षका तुलसा कामी, ९ वर्षका सुस्मिता कामी, ५ वर्षका बबन कामी र ३ वर्षका होइजाली कामी रहेको प्रहरीको भनाइ छ । स्थानीयबासीको सहयोगमा देउच्या कामी, उहाँका श्रीमती अबकती, छोरीहरू निरू, ममिता र एक वर्षको छोरालाई उद्दार गरिएको थियो ।

उनीहरूको मेल्छाम स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी चौकी मेल्छामले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्