बैतडीका लोगसिंह विष्ट नामले  चिनिने  १८ वर्षीय  दानसिंह विष्ट भारतको बेंगलोरबाट बेपत्ता

खबर बुक
  • ख-
  • ख+

बैतडी, २१ मंसिर । बैतडीका एक युवा भारतमा बेपत्ता भएका छन्। जिल्लाको पाटन नगरपालिका–४ ढकालीका  लोगसिंह विष्ट नामले  चिनिने  १८ वर्षीय  दानसिंह विष्ट भारतको बेंगलोरबाट बेपत्ता भएका हुन्। विष्ट यहि मंसिर ८ गतेबाट बेपत्ता भएका उनका भिनाजु लोक साउदले बताए।

साउदका अनुसार  विष्ट  बेंगलोर म्यासोर कर्नाटकमा होटल फेबरेटमा काम गर्दथे। डिउटिका लागि हिँडेका उनि अहिले सम्म सम्पर्कमा नआएका बताइएको छ। सबै ठाउँमा खोजतलास गर्दापनि कतै नभेटिएका बेपत्ता विष्टका भिनाजु साउदले बताए।

सम्पर्क विहिन भएका विष्ट कहिँ कतै भेटे खबर गरिदिन आफन्तले सबैमा अनुरोध गरेका छन्।  विष्ट कामको सिलसिलामा पाँच महिना अगाडि भारत गएका थिए। 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्