ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

ललितपुर, १७ मंशिर । ललितपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । 

कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

ललितपुर प्रहरीका अनुसार श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्