यस वर्षको साउन महिनामा पेट्रोलको खपत ७ प्रतिशतले घट्यो

खबर बुक
  • ख-
  • ख+

गत वर्षको तुलनामा यस वर्ष साउन महिनामा पेट्रोलको खपत ७ प्रतिशतले घटेको छ ।

गत वर्ष २०७८ साउन महिनामा कुल ५५ हजार ८ सय ४ किलोलिटर पेट्रोल खपत भएकामा यस वर्ष ५१ हजार ६ सय ३० किलोलिटर पेट्रोलको खपत भएको नेपाल आयल निगमले जनाएको छ ।

डिजलको पनि खपत अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले घटेको छ । २०७८ को साउनमा १ लाख ५ हजार ४३२ किलोलिटर डिजल खपत भएकामा यो साउन महिनामा कुल ७६ हजार ४० किलोलिटर डिजल खपत भएको हो ।

मट्टितेलको खपत समेत साउन महिनामा ६५ प्रतिशतले घटेको छ भने खाना पकाउने ग्यासको खपत गत साउन र यो साउनमा बराबर जस्तै छ ।

नेपालभन्दा भारतमा मूल्य सस्तो भएपछि नेपाली नम्बरप्लेटका सवारी साधनले सीमापारि इन्धन भर्ने गरेका कारण र साउन महिनामा सडक तथा पूर्वाधार निर्माणको काम न्यून हुँदा खपत घटेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्