एएफसी १७ वर्ष मुनिको एसियन कप छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्दै

खबर बुक
  • ख-
  • ख+

असोज २३, काठमाडौं । भियतनाममा जारी एएफसी १७ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

फु थोस्थित भियत त्रि स्टेडियममा हुने नेपाल र चाइनिज ताइपेबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । ताइपेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ ।

ताइपे पनि पहिलो जितको योजनामा रहेको छ । समूह ‘एफ’ मा रहेको नेपाल र ताइपे अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छ ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्