कर्णालीका नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै

खबर बुक
  • ख-
  • ख+

कर्णाली प्रदेशमा माओवादीका नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

रुकुम पश्चिमका रातो कामी र जाजरकोटका कृष्णा शाह आचार्यले पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो ।

माओवादीले सबै सांसदलाई माग पु¥याउन आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो ।

सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष दुई मन्त्रीले हिजो राजीनामा दिएका थिए । रिक्त दुई मन्त्रालयमा पालो पुग्न बाँकी दुई सांसदलाई पठाइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्