डेङ्गी रोगको जोखिम थप एक महिना कायमै रहने

खबर बुक
  • ख-
  • ख+

असोज २१, काठमाण्डौ । सरकारले थप एक महिना डेङ्गी रोगको जोखिम कायमै रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो केहि दिनदेखि निरन्तर वर्षाका कारण देशभरको तापक्रम घट्दै गएपनि डेङ्गी रोगको जोखिम अझै एक महिना कायमै रहने बताएको छ ।

महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख गोकर्ण दाहालले वर्षाका कारण मौसम परिवर्तन भएपनि डेङ्गी रोगको जोखिम अझै एक महिना रहने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

यस्तै मन्त्रालयले लगातारको वर्षाका कारण पानीको मुहान फोहोर हुँदा झाडापखाला, हैजाका साथै अन्य सङ्क्रामक रोगको जोखिम बढेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्