
असोज २१, काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
फिफाले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ भने माल्दिभ्स १ सय ५४ औं स्थानमा रहेको छ ।
नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ ।